ad ad

कारोबार


ऋणको किस्ता र स्वास्थ्य मापदण्डसम्बन्धी माग पूरा नभई गाडी चलाउन सकिन्नः यातायात व्यवसायी

ऋणको किस्ता र स्वास्थ्य मापदण्डसम्बन्धी माग पूरा नभई गाडी चलाउन सकिन्नः यातायात व्यवसायी

वसन्त अर्याल
असार २५, २०७७ बिहिबार १२:४७,

यातायात व्यवसायी राष्ट्रिय महासंघले बैंकको ऋण, स्वास्थ्यसम्बन्धी मापदण्डलगायतका विषयमा आफूहरुको माग पूरा नभइञ्जेल सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने बताएको छ।

सरकारले बिहीबार छोटो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्ण गरेको थियो।

सार्वजनिक यातायात सञ्चालनको स्पष्ट खाका तयार नभई गाडी सडकमा नआउने महासंघका अध्यक्ष योगन्द्र कर्मचार्यले बताए।

‘हामीले कस्तो अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्न सक्छौं, स्पष्ट खाका ल्याउन सरकारसँग माग राखेका छौं,’ अध्यक्ष कर्मचायले भने, ‘हाम्रो किस्ता के गर्ने, ब्याजदर के हुने निर्णय हुनुपर्छ। स्वास्थ्य मापदण्ड लगाएतका माग पूरा भए गाडी सञ्चालन गर्न तयार छौं।’

साढे ३ महिनादेखि गाडी थन्क्याइएकाले मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए।

बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिएका थिए।

खतिवडाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको छ’, मन्त्री खतिवडाले भने।
तर महासंघका अध्यक्ष कर्मचार्य भाडा बढाउने कुरा गौण रहेको बताउँछन्।

‘आधा क्षमतामा चलाएर ५० प्रतिशत भाडा बढाउने कुरा गौण भयो,’ उनले भने ‘हाम्रो गाडी सञ्चालन हुँदा बित्तिकै किस्ता तिर्नुपर्छ। ग्यारेजमा राखेको गाडी निकालेर सञ्चालन गर्न डेढलाख बढी मर्मत खर्च हुन्छ।’

‘अहिले यातायात व्यवसायीसंग गाडी मर्मत गर्नको लागि समेत पैसा छैन, कसरी सञ्चालन गर्ने?’ उनले प्रश्न गरे, ‘सरकारको निर्णय एकतर्फी छ। सरकारको निर्णय हेरेर शुक्रबार महासंघको औपचारिक धारणा सर्वाजनिक गर्छौँ।’

सर्वाजनिक यातायातमा १० खर्बको लगानी र १० लाख मजदुर आवद्ध रहेको उनीहरुको दाबी छ।

ट्याक्सी चलाउन व्यवसायी तयार
ट्याक्सी व्यवसायीले आफुहरु गाडी सञ्चालन गर्न तयार रहेको बताएका छन्। असार १६ देखि ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै आन्दोलन गरेका उनीहरुले सञ्चालनमा समस्या नहुने बताएका हुन्।

‘बस व्यवसायीले लामो समय ग्यारेजमा गाडी राख्दा त्यसको मर्मत खर्च धेरै आउने बताएपनि ट्याक्सीमा धेरै समस्या छैन,’ उपत्यका ट्याक्सी विषेश समितिका उपाध्यक्ष रवीन्द्रभुपाल प्रधानले प्रधानले भने ‘अधिकांस ट्याक्सी व्यवसायीमा स्वरोजगार मजदुर भएका ट्याक्सी आफैसंग हुँदा लकडाउनको समयमा पनि मेनटेन गरेका छन्। चलाउन समस्या हुँदैन।’

‘ट्याक्सी अप्ठेरो अवस्थामा पनि चाहिने हुँदा खोल्नु आवश्यक थियो। सरकारले राम्रै निर्णय गर्यो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .