कारोबार


कम्बोडियामा पक्राउ परेका सहकारी रकम अपचलनकर्ता ज्योति भण्डारीलाई ल्याइयो नेपाल

कम्बोडियामा पक्राउ परेका सहकारी रकम अपचलनकर्ता ज्योति भण्डारीलाई ल्याइयो नेपाल

नेपालखबर
असार ४, २०८२ बुधबार २३:२८, काठमाडौँ

मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। 

असार ४ गते राति १० बजे  भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो। 

भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख  र ज्याेति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आराेप छ।

ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ। 

सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्।

भण्डारी भने केही महिना पहिले नै कम्बोडियामा पक्राउ परेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ। यसअघि कांग्रेस उपसभापति गुरुङसँग पनि दुई पटक सोधपुछ गरेको थियो। गुरुङले पनि मितेरी सहकारीबाट ऋण लगेको भेटिएको छ। सहकारीमा ब्याज पनि उनले तिरेको भेटिएपछि प्रहरीले सोधपुछ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad