बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सीजी इलेक्ट्रोनिक्सअन्तर्गत अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एअर कुलर तथा फ्यानहरूको नयाँ दायरा सार्वजनिक गरेको छ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च कार्यक्षमता सहितका यी उत्पादनहरूले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित र ऊर्जा- कुशल समाधान प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ केन्ट एअर कूलरहरू विभिन्न श्रेणीमा उपलब्ध छन्, जसमा पर्सनल कूलर, डेजर्ट कूलर, टावर कूलर तथा कमर्शियल कूलर समावेश छन् । यी कूलरहरूमा उच्च एयर डेलिभरी, ठूलो पानी ट्यांकी क्षमता, इन्वर्टर -कम्प्याटिबिलिटी, तथा कम बिजुली खपत जस्ता विशेषताहरू रहेका छन् । साथै, प्रभावकारी कूलिङका लागि उन्नत एयर फ्लो टेक्नोलोजी तथा प्रयोगमैत्री डिजाइनले घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ।
त्यसैगरी, केन्टका फ्यानहरू पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । सिलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान तथा स्ट्यान्ड फ्यानका विभिन्न मोडेलहरू उपलब्ध रहेका छन्। यी फ्यानहरूमा उच्च स्पीड, कम आवाज, ऊर्जा बचत गर्ने बीएलडीसी प्रविधि, तथा आकर्षक र टिकाउ डिजाइन समावेश गरिएको छ, जसले उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि प्रदान गर्ने विश्वास लिइएको छ।
कम्पनीका अनुसार नेपाली उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र आधुनिक उत्पादन उपलब्ध गराउन केन्ट प्रतिबद्ध छ। केन्टसँगको सहकार्यले अझ उत्कृष्ट समाधान ल्याउन मद्दत गरेको सीजीले जनाएको छ। यसले हरेक घरमा उत्पादनहरू देशभरका आधिकारिक बिक्रेता तथा विक्रेतामार्फत उपलब्ध हुनेछन्। साथै, कम्पनीले बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिँदै टोल-फ्री सेवा, प्राविधिक सहयोग तथा वारेन्टी सुविधा प्रदान गर्ने जनाएको छ। अधिक जानकारीका लागि ग्राहकहरूले सि. जी इलेक्ट्रोनिक्सको आधिकारिक सेवा केन्द्र वा नजिकको विक्रेतासँग सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया