कारोबार


एनसेल र फुडमान्डुबीच व्यावसायिक साझेदारी

एनसेल र फुडमान्डुबीच व्यावसायिक साझेदारी

नेपालखबर
फागुन ६, २०८२ बुधबार १८:२, काठमाडौँ

एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ। यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउने एनसेलले जनाएको छ।

फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, ९९ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले रु. १५० छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमाण्डुमा १ हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन्। ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी रु १५० छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप वा आधिकारिक वेबसाइट मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन पाईदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।

“हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैं काम गरिरहेका हुन्छौं। फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दुरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।

यो साझेदारीले एनसेलले डिजिटल सेवाहरुलाई दैनिक जीवनशैलीसँग जोड्दै कसरी ग्राहक सुविधाका लागि काम गर्दैछ भन्ने परिभाषित गरेको छ । फुडमाण्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको प्रमुख सहरका ग्राहकहरूका लागि यो सहकार्यलाई झन् आकर्षक बनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad