कारोबार


सीजी इलेक्ट्रोनिक्सका ४० विजेता ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सीजी इलेक्ट्रोनिक्सका ४० विजेता ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १३:८, काठमाडौँ

इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’का विजेताहरूलाई शुक्रबार भव्यताका साथ मुम्बई पठाएको छ। 

आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै उत्साहित मुद्रामा मुम्बई उडेका हुन्।

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

उक्त समयावधिमा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतका ब्रान्डहरू एलजी, सीजी, सीजी एसडीए, टीसीएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। तिनै हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन्।

आफ्ना ग्राहकहरूलाई गरेको वाचा पूरा गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउन पाउँदा विजेताहरूमा बेग्लै उमंग र उत्साह छाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विजेताहरूले सीजी इलेक्ट्रोनिक्सको यस योजनाप्रति आभार व्यक्त गर्दै यो भ्रमण जीवनकै अविष्मरणीय क्षण हुन लागेको प्रतिक्रिया दिएका थिए।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सीजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकवर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad