कारोबार


सामसङका एआई टिभीमा अफर

सामसङका एआई टिभीमा अफर

नेपालखबर
माघ २६, २०८२ सोमबार १२:३७, काठमाडौँ

सामसङ नेपालले टी२० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउन आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना ल्याएको छ।

योजनाअन्तर्गत प्रिमियम क्युलेड टिभीदेखि एचडी टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा ७ हजारसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।

फोरके एआई अपस्केलिङ क्वालिटी भएका ८५ इन्च सम्मका ठूलो स्क्रीन र अड्याप्टिभ साउन्ड फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै, सामसङ नक्स सेक्युरिटीले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउने कम्पनीको दाबी छ। 

यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई ३ हजार रुपैयाँसम्मको नि:शुल्क नेट टिभी प्याकेज पनि प्रदान गर्दै छ। क्युलेड र यूएचडी मोडेल किन्दा १२ महिनाको निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पाइन्छ भने एफएचडी र एचडी मोडेल किन्दा ६ महिनाको निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पाइन्छ।

सामसङ टिभीमामा नेट टिभी एप सक्रिय गर्न सामसङ अकाउन्टमा साइन इन साइन अप गर्नुपर्नेछ। त्यसपछि सामसङ स्टोरबाट नेट टिभी एप इन्स्टल गर्नुपर्नेछ। टिभी खरिद गर्दा उपलब्ध गराइने प्रमाणहरू पेश गरेर नेट टिभी एपमा लगइन गर्नुपर्नेछ। त्यसपछि नि:शुल्क मनोरञ्जनको आनन्द लिन सकिनेछ। ग्राहकलाई थप आश्वासन प्रदान गर्नका लागि, सामसङले आफ्ना टी, ए, बी, सी, डी, र एफ सिरिज टिभीहरूमा उत्पादनसम्बन्धी त्रुटि कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad