कारोबार


गोदरेजको विश्वकपमा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

गोदरेजको विश्वकपमा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

नेपालखबर
पुस २३, २०८२ बुधबार १६:४५, काठमाडौँ

गोदरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा आयोजना हुने टी२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गोदरेज नेपालले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस विशेष क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं, टोखा निवासी लुना ज्ञवाली हुन्। उनले गोदरेजको आधिकारिक बिक्रेता खडादेवी इलेक्ट्रोनिक्सबाट गोदरेज वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन् ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोदरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

गोदरेज नेपालले यस योजनामार्फत आफ्ना उपभोक्तालाई केवल उत्पादन मात्र नभई स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार नेपालका पहिलो चरणका खेलहरू मुम्बईमै आयोजना हुने भएकाले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष रहनेछ।

क्याम्पेनमा सहभागी हुन गोदरेज का कुनै पनि आधिकारिक उत्पादन खरिद गरी SMS पठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad