सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क ह्विस्की ७५० एमएल सफल भएपछि प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गरेको छ।
द गभर्नर स्मोक वुड कास्क ह्विस्की १८० एमएलको प्याक सार्वजनिक गरेको हो।
नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० वर्ससम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको छ। स्मोकवुड कास्कमा तयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिने कम्पनीको भनाइ छ।
लन्चबारे टिप्पणी गर्दै, सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए।
द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य रु. ७४५ मा उपलब्ध हुनेछ।

प्रतिक्रिया