महालक्ष्मी विकास बैंकले प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवन पुनर्निर्माण कार्य तथा मर्मतसम्भारको लागि आर्थिक सहयोग गरेको छ।
हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त प्रहरी वृत्तलाई पुननिर्माणका लागि बैंकले सहयोग गरेको हो।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरु गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मतसम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो। यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मतसम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मतसम्भारको प्रयासमा एक इँट्टा थप हुने विश्वास बैंकले लिएको छ।
साथै बैंकको सम्पूर्ण सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको जनाइएको छ।
नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाइड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा छन्।
Shares

प्रतिक्रिया