कारोबार


इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १८:३१, इटहरी

ईभी ब्रान्ड दिपलले पूर्वी सहर इटहरीमा अत्याधुनिक सोरुम उद्घाटन गर्दै शुक्रबारबाट चार दिनका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गरेको छ।

एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर इटहरीमा शुक्रबार उद्घाटन हुने दिपलको नयाँ सोरुममा ग्राहकले शुक्रबारदेखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ र दिपलका मानव रोबोटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ। 

विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन्। 

भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । 

यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन्। 

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad