कारोबार


छ करोड डलरबराबरको हरित बन्ड जारी गर्न एनएमबीले गर्‍यो ३ अन्तर्राष्ट्रिय निकायसँग साझेदारी

छ करोड डलरबराबरको हरित बन्ड जारी गर्न एनएमबीले गर्‍यो ३ अन्तर्राष्ट्रिय निकायसँग साझेदारी

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १३:८, काठमाडौँ

एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ।

नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलरबराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्न लागिएको हो।

यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य रहेको बैंकले जनाएको छ। त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ।

यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनाहरुमा लगानी विस्तार गरिनेछ। 

उक्त समझदारीपत्रमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर गरेका छन्। यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास गरेको उनले बताए। 

साथै, उनले बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad