कारोबार


एक हुँदै खल्ती र आईएमई पे, मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर

एक हुँदै खल्ती र आईएमई पे, मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपालखबर
फागुन ४, २०८१ आइतबार १७:१४, काठमाडौँ

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आईएमई पेबीच मर्जरका लागि समझदारी (एमओयू) भएको छ। 

आईएमई पेका एक अधिकारका अनुसार आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ। 

समझदारी भए पनि यसअघि नेपाल राष्ट्र बैंकमा भने मर्जरको स्वीकृति मागिएको छैन। 

केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेलले दुई वालेट मर्जरबारे स्वीकृतिको आवेदन नपरेको जानकारी दिए। 

उनका अनुसार दुई कम्पनीबीच मर्जरबारे एमओयू भए पनि अब स्वीकृतिका लागि राष्ट्र बैंक आउने र त्यसपछि राष्ट्र बैंकले अध्ययन गरी निर्णय दिनेछ। 

गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ। 

यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवा प्रदायकबीच अझै बलियो हुनसक्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad