कारोबार


अंग्रेजी नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल, यस्ता छन् छुट र सुविधा

अंग्रेजी नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल, यस्ता छन् छुट र सुविधा

नेपालखबर
पुस ९, २०८१ मंगलबार १४:३२, काठमाडौँ

ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ। 

यही पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो। 

मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्यास सेल डिलहरू र २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ। 

दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ। 

कम्पनीका अनुसार गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने आशा गरिएको छ। ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ।

मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यसमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेटवाइजअन्तर्गत ६९९, ९९९ र १ हजार ९९९ रुपैयाँभित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन्।

दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् :

  • ११ पुस (बिहीबार): एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन्।
  • १२ पुस (शुक्रबार): एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन्।
  • १३ पुस (शनिबार): हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिह्न लगाउन अनुरोध पनि गरेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad