अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो जाडोको आधुनिक समाधानस्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ।
जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्ल्याक एन्ड डेकरले ओएफआर हिटर, पीटीसी हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्लीजस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको हो।
अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्ड ब्ल्याक एन्ड डेकरका उत्पादनहरु आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुने कम्पनीले जनाएको छ।
ब्ल्याक एन्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
ब्ल्याक एन्ड डेकरका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्ल्याक एन्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप छ।
Shares

प्रतिक्रिया