ad ad

कारोबार


भेनस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भेनस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:२१, काठमाडौँ

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं–११, मध्यबानेश्वरस्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएको छ।

दुई संस्थाबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा भेनस हस्पिटलकी जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं. १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरे। 

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटल प्रालि उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन्।

साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग,  रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .