ad ad

कारोबार


सिटिजन्स फोनपे क्रेडिट कार्ड सुरु, ५० प्रतिशत तत्काल क्यास-ब्याक अफर

सिटिजन्स फोनपे क्रेडिट कार्ड सुरु, ५० प्रतिशत तत्काल क्यास-ब्याक अफर

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:७, काठमाडौँ

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सुरु गरेको छ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम भएको बैंकले जनाएको छ। 

यो नयाँ समाधानले नेपालमा पहिलोपटक, क्यू.आर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको बैंकले दाबी गरेको छ।

यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिन्छ।

प्रयोगकर्तालाई निम्न सुविधा

१. तत्काल कार्ड जारी गर्न सकिने: सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने

२. स्क्यान र भुक्तानी: नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्ड द्वारा १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने

३. खर्च ट्र्याकिङ गर्न सकिने: आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने 

४. ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि पाइने: ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि प्राप्त गर्दै आफ्नो आर्थिक लचकतालाई उच्च स्तरमा अनुभव गर्न सकिने 

५. भुक्तानीको धेरै विकल्प पाइने: ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिने

विशेष योजना: ५० प्रतिशत तत्काल क्यासब्याक अफर  
सुरुवाती अवसरमा, सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रतिप्रयोगकर्ता ५० प्रतिशत (रु. १,०००) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्दै छ।

यो सीमित समयको अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .