ad ad

कारोबार


एनआईसी एसिया बैंकले पायो उत्कृष्ट डिजिटल बैंकिङ अवार्ड

एनआईसी एसिया बैंकले पायो उत्कृष्ट डिजिटल बैंकिङ अवार्ड

नेपालखबर
भदौ १०, २०८१ सोमबार १२:३, काठमाडौँ

दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत बेस्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एसिया बैंकले प्राप्त गरेको छ। 

बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको एनआईसी एसियाले जनाएको छ। 

इन्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत २०२४ अगस्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो। 

अवार्डमा बिम्स्टेकअन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए। 

यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो। 

अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .