ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकलार्ई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस

ग्लोबल आईएमई बैंकका ग्राहकलार्ई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:४७, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वन्डरल्यान्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनसस्वरुप प्रदान गर्ने समझदारी भएको छ। 

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्। 

समझदारीअनुसार बैंकको ग्राहकहरुले वन्डरल्यान्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वन्डरल्यान्डबाट जारी हुने कार्डबापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ । 

बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .