ad ad

कारोबार


प्रभु बैंक र मुस्ताङ्गका विभिन्न होटल तथा रेस्टुराँबीच छुट सम्झौता

प्रभु बैंक र मुस्ताङ्गका विभिन्न होटल तथा रेस्टुराँबीच छुट सम्झौता

नेपालखबर
असार १२, २०८१ बुधबार १६:११, काठमाडौँ

प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ। 

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

हिमालपारिको नामबाट चिनिने मुस्ताङ धौलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा छ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण मुस्ताङ्ग जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ। अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्यभन्दा अलि भिन्न किसिमको छ। 

मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल, लेतेजस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ्ग स्याऊ,आलु फापर, सिमीजस्ता कृषि उत्पादनले पनि प्रख्यात छ। 

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ्ग जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ। 

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आउने गरेका छन्। विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरी गाई, घोडाजस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो। 

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंक लि.का कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिनेछ।

होटल दि पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड साम्बाला, मुक्तिनाथ होटल सनराइज, जोमसोम एयरपोर्ट, होटल मण्डला, लोमान्थाङ, होटल त्रिवाटिका लोमान्थाङ, इको हिल रिसोर्ट, टुकुचे, होलिडे क्याम्प, होटल टांग्स्रा, कोवाङ, लुम्बिनी एन्ड रेस्टुराँ, साराङ, सि यु लज, रेस्टुराँ लेते एन्ड मार्फा अर्काड होटलमा यस्तो छुट पाइने बैंकले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .