ad ad

कारोबार


टेलिकमको कुल आम्दानी २ अर्बले घट्यो, खुद मुनाफा १८ करोडले बढ्यो

टेलिकमको कुल आम्दानी २ अर्बले घट्यो, खुद मुनाफा १८ करोडले बढ्यो

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:१२, काठमाडौँ

तेस्रो त्रैमासिकसम्म नेपाल टेलिकमले कुल ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ कमाएको छ। 

गत आवको सोही अवधिमा टेलिकमले ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो। 

तुलनात्मक रुपमा टेलिकमको कुल आय २ अर्ब ३७ लाख ७ हजार रुपैयाँले घटेको छ।

त्यस्तै टेलिकमको कुल सञ्चालन आम्दानी १ अर्ब ८६ करोड ५३ लाख ५८ हजार रुपैयाँले घटेको छ। 

टेलिकमले चालू आर्थिक वर्षको चैतसम्म कुल २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। गत आवको सोही अवधिमा टेलिकमले २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ कुल सञ्चालनबाट कमाएको थियो। 

गत आवको तुलनामा चालू आवको चैतसम्मको कुल सञ्चालन आम्दानीमा ६.८२ प्रतिशत गिरावट आएको हो। 

त्यस्तै टेलिकमले चैतसम्म ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत आवको सोही अवधिको भन्दा केही बढी हो। गत आवमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो। 

गत आवभन्दा चालू आवमा खुद मुनाफा १८ करोड १७ लाख ९३ हजार (३.३६ प्रतिशत)ले बढी हो। 

चालू आवको तेस्रो त्रैमासिकमा टेलिकमको प्रतिसेयर आम्दानी ४१.४४ रुपैयाँ छ। 

टेलिकमका अनुसार ओटीटी सेवाको प्रयोग बढेको छ भने अन्तराबद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब ९४ करोड ४९ लाख २९ हजारले कमी आएको छ।

टेलिकमले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको उल्लेख गरेको छ। 

सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएकोले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर पुगेको उल्लेख गरेको छ। 

यसबाहेक बैंक ब्याजदरमा परिवर्तनले वित्तीय आम्दानी ५० करोड ७४ लाखले कमी भएको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .