भुक्तानी सञ्चालक फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ।
योसँगै अब मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबारहरू गर्न सकिने फोनपेले जनाएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कका नेपालभरका झण्डै १४ लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु.आर भुक्तानी गर्न सक्नेछन्।
48
Shares
प्रतिक्रिया