ad ad

कारोबार


कोका–कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’को गिनिज विश्व रेकर्ड

कोका–कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’को गिनिज विश्व रेकर्ड

नेपालखबर
चैत ५, २०८० सोमबार १४:३३, काठमाडौँ

कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ। 

गत शुक्रबार बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको हो। 

कोका–कोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो।

प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एक जना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कम्पनीका अनुसार कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैब तत्पर रहेको छ ।

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्ने र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको बताइन्। 

‘परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ’, उनले भनिन्। 

कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको जनाएको छ। 

कम्पनीले भनेको छ, ‘कोका–कोला नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .