कारोबार


नेपाली बजारमा आए टीसीएल ब्रान्डका उत्कृष्ट साउन्डबार

नेपाली बजारमा आए टीसीएल ब्रान्डका उत्कृष्ट साउन्डबार

नेपालखबर
माघ २४, २०८० बुधबार १३:३१, काठमाडौँ

घरेलु मनोरञ्जन ब्रान्ड टीसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ। 

टीसीएलका साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ, घरको आराममा थिएटरजस्तो वातावरण जस्तै महसुस गराउँछ। 

जताततै अल्झिने तारहरुलाई हटाई टीसीएल साउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्दछ। टीसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरी ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्। 

अब सहज रूपमा आफ्ना हरेक डिभाइससँग टीसीएलका साउन्डबार जोडी कुनै झन्झटविना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .