कारोबार


मेटाले नेपालका लागि नियुक्त गर्‍यो आधिकारिक बिक्रेता

मेटाले नेपालका लागि नियुक्त गर्‍यो आधिकारिक बिक्रेता

नेपालखबर
पुस १३, २०७९ बुधबार १४:१०, काठमाडौँ

मेटाले एचटीटीपूल बाइ एल्फलाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ ।

यस नियुक्तिसँगै एचटीटीपूल बाई एल्फ स्थानीय विज्ञापनकर्ताहरू तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्न योग्य हुने बताइएको छ ।

विश्वभर मेटाको सेल्स टिमको रूपमा मेटाका आधिकारिक बिक्रेताहरूले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूको लागि विश्वस्तरको सहायता सुनिश्चित गर्दछ ।

एल्फ, एचटीटीपूल बाइ एल्फको होल्डिङ कम्पनी, सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई मेटाको विकास मात्र नभई स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना–मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पु¥याउँदै आइरहेको छ । एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्य पूर्वी यूरोप र एसिया–प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ ।

‘नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा, एचटीटीपूल बाइ एल्फले विज्ञापनकर्ताहरूको लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पु¥याएको छ’, एचटीटीपूल बाइ एल्फका प्रबन्धनिर्देशक सन्नी नागपालले भने । मेटा प्लेटफर्म सम्बन्धी व्यापक जानकारी र अनुभव बोकेको एचटीटीपूल बाइ एल्फ मेटाको तर्फबाट प्रत्यक्ष प्रतिनिधि बनी मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवाहरु विज्ञापनकर्ताहरुका लागि उत्कृष्टरूपमा प्रदान गर्न सक्षम रहेको बताइएको छ ।

यसबाहेक, काठमाडौँमा स्थानीय उपस्थितिको साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरूमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरूमा सहायता र सुझाव प्रदान गर्दछ । त्यसका साथै, देशको आधिकारिक मुद्रा, नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्दछ ।

‘एचटीटीपूल बाइ एल्फलाई मेटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । कम्पनीको मेटा प्लेटफर्मसम्बन्धी उत्कृष्ट अनुभव र विशेषज्ञताका साथ हामी स्थानीय व्यवसाय र एजेन्सीहरूको विकास तथा वृद्धिमा सहयोग प्रदान गर्नेछौँ’, मेटाका एपीएसीको लागि इमर्जिङ मार्केट्सका निर्देश, जोर्डी फोर्निजले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .