कारोबार


१२ ग्राहक सेवाकेन्द्रमा सिप्रदीको मेगा सर्भिस क्याम्प, गाडीधनीलाई छुट र सुविधा

१२ ग्राहक सेवाकेन्द्रमा सिप्रदीको मेगा सर्भिस क्याम्प, गाडीधनीलाई छुट र सुविधा

नेपालखबर
पुस ११, २०७९ सोमबार २२:३५, काठमाडौँ

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । 

कम्पनीले सोमबारदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा क्याम्पको सुरुवात गरेको हो । यी केन्द्रहरुमध्ये तीनवटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । 

त्यसैगरी बाँकी नौवटा उपत्यकाबाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबार, हेटौंडा, सर्रा, धनगढी, नेपालगन्जमा रहेका छन् । यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीईओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए । यस तीन दिने क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिँदै छ । 

यस्तो जाँच गराउँदा गाडीधनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्नेछन् । 

क्याम्पमा म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिने बताइएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको चार हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ । 

हाल नेपालमा टाटाका  पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता हुने कम्पनीले विश्वास राखेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .