माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका ३, बन्दीपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो।
उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एवं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
असोज १४, २०७९, शुक्रबार
9
Shares
प्रतिक्रिया