ad ad

कारोबार


इन्फोडेभलपर्स आईसीटी अवार्डको शीर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने

इन्फोडेभलपर्स आईसीटी अवार्डको शीर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १८:३, काठमाडौँ

आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ। 

बिहीबार एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सिइयो उमेश रघुवंशी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच शीर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट सह(सस्थापकहरु प्रवीण सुवेदी, अर्विन्द प्रधान र सिओओ डा. राजिव सुब्बाको उपस्थिति थियो। 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आईसीटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ।

सातौँ आईसीटी अवार्डको शीर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने सुवर्ण अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सीईओ उमेश रघुवंशीले भने, ‘हामीले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उद्देश्यले आईसीटी अवार्डसँग सहकार्य गरेका हौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .