कारोबार


रेड्मी बड्स ३ लाइट नेपालमा, मूल्य ३ हजार ३ सय ९९

रेड्मी बड्स ३ लाइट नेपालमा, मूल्य ३ हजार ३ सय ९९

नेपालखबर
साउन ११, २०७९ बुधबार १४:३७, काठमाडौँ

शाओमीले रेड्मी बड्स ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। 

शाओमीको रेड्मी बड्स ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ। 

रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्ने कम्पनीको दाबी छ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको बताए। 

उनले हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट लन्च गरेको बताए। 

‘रेड्मीको  बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन्’, पण्डाले भने। 

रेड्मी बड्स ३ लाइट कालो रंगमा ३ हजार ३९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .