सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी हुन्।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन्।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। साथै बैंकको हालसम्म ९९ एटीएम छन्।
बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।
Shares
प्रतिक्रिया