ad ad

कारोबार


प्रधानमन्त्री भन्छन्- दिगो विकास लक्ष्य हासिल गर्न १९ अर्ब डलर आवश्यक छ

प्रधानमन्त्री भन्छन्- दिगो विकास लक्ष्य हासिल गर्न १९ अर्ब डलर आवश्यक छ

नेपालखबर
भदौ २९, २०७९ बुधबार ११:५५, काठमाडौँ

प्रधानमन्त्री शेर बहादुर देउवाले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन्। 

लगानी बोर्डको सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै  देउवाले उक्त कुरा बताएका हुन्। 

कार्यक्रममा उनले २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरउन्नति गर्न लागेको बताए। 

उनले २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्न प्रयत्न गरिरहेको बताए। 

नेपालमा लगानीको आह्वान गर्दै देउवाले सबैलाई सहयोग गर्न तयार रहेको बताए। 

नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने उनको भनाइ थियो। 

नेपालमा लगानी गर्नेलाई छोटो प्रक्रियाबाट काम गर्न दिइने बताए। लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ३३ वटा प्रोजेक्ट स्वीकृत भएको बताए। जसमा ९ अर्ब डलरबराबरका आयोजना रहेका छन्। 

देउवाले लगानी बोर्डले प्रोजेक्ट बैंक समेत सुरू गरेको उल्लेख गरे। 

लगानी बोर्डका सीईओ दीपक भट्टले हाल ३ अर्ब डलर भित्र्याउन सफल भएको बताउँदै २०२६ सम्म ६ अर्ब डलर भित्र्याउने दाबी गरे। 

बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .