ग्लोबल आईएमई बैंकको नाफा बढेको छ।
बैंकले अपरिष्कृत वित्तीय विवरणमा बैंकले कुल ६ अर्ब २० करोड नाफा देखाएको हो।
यो नाफा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले बढी छ। अघिल्लो आवमा बैंकको नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो।
यो वर्ष बैंकको कर्जा नोक्सानी व्यवस्थापनअन्तर्गत इम्पेयरमेन्ट चार्ज बढेको छ।
अघिल्लो वर्ष ३ अर्ब ६१ करोड रहेको यस्तो चार्ज गत वर्ष बढेर ४ अर्ब ३० करोड पुगेको छ। यसले पनि बैंकको नाफालाई घटाएको देखिन्छ। त्यसो त बैंकले अघिल्लो वर्ष ब्याज असुल हुन बाँकी कर्जाको प्राभिजनिङ गरेको १ अर्ब ३९ करोड रुपैयाँ फिर्ता ल्याएको छ।
यसले बैंकको नाफामा वृद्धि गर्दै सेयरधनीलाई दिने लाभांशलाई पनि बढाएको देखिन्छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेको छ भने खुद कमिसन आम्दानी २०.१२ प्रतिशतले बढेको छ। यस्तै कुल सञ्चालन आम्दानी पनि ३.०१ प्रतिशतले बढेको छ।
गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई ५ अर्ब ३५ करोडबराबरको १४.११ प्रतिशतसम्म लाभांश दिन सक्नेछ।
Shares

प्रतिक्रिया