कारोबार


राष्ट्र बैंकले बढायो निक्षेप संकलन, आज ५० अर्ब खिच्दै

राष्ट्र बैंकले बढायो निक्षेप संकलन, आज ५० अर्ब खिच्दै

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ११:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बुधबार निक्षेप संकलन नामक मौद्रिक उपकरण जारी गरेको छ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले जम्मा गर्न चाहेको रकम र सो बापतको ब्याज उल्लेख गरेर बोलकबोलमा सहभागी हुन भनिएको छ।

राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।

बैंकले आज संकलन गरेको रकम निक्षेपकर्ता संस्थालाई ब्याजसहित जेठ ७ गते फिर्ता गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन गर्दा बोलकबोलमार्फत २.९९ प्रतिशतमा निक्षेपकर्तालाई भुक्तानी गर्ने गरी रकम प्रशोचन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad