ad ad

कारोबार


२१ दिनको लागि १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

२१ दिनको लागि १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १३:४३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल गर्दै छ। 

२१ दिनको लागि उक्त परिमाणको निक्षेप संकलन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। 

यसअनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ। यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ। 

सावाँ तथा ब्याज भुक्तानी असोज २० मा गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। 

उक्त निक्षेप रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ। 

(निक्षेप संकलन बोलकबोल : बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .