ad ad

कारोबार


७ वाणिज्य बैंकको मात्र बढ्यो नाफा, कृषि विकासले फड्को मार्दा नबिलको धेरै

७ वाणिज्य बैंकको मात्र बढ्यो नाफा, कृषि विकासले फड्को मार्दा नबिलको धेरै

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १६:५७, काठमाडौँ

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ।

चैत मसान्तसम्मको विवरणअनुसार गत वर्षको तुलनामा उक्त अवधिमा १३ बैंकको नाफा घटेको छ भने सातवटाको बढेको देखिएको छ। 

गत वर्षको यही अवधिमा निकै कमजोर नाफा आर्जन गरेको कृषि विकास बैंकले अहिले झण्डै दोब्बरले नाफा बढाएको छ। 

विवरणअनुसार नेपाल बैंकको नाफा सबैभन्दा धेरैले घटेको छ। बैंकको नाफा करिब ९२  प्रतिशत गिरावट आएको हो। 

चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। बैंकले ९ महिनामा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो। गत वर्षको तुलनामा भने यो कम हो। 

गत ९ महिनामा नाफा घट्नेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वणिज्य बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक छन्। 

त्यसैगरी प्रभु बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक छन्। 

नाफा वृद्धि गर्नेमा भने लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन्। 

कुन बैंकको कति बढ्यो, कति घट्यो?

बैंकको नाम चालू वर्षको नाफा
(९ महिना/रु अर्बमा)
गत वर्षको नाफा
(९ महिना/रु अर्बमा)
अन्तर (%)
नबिल ४.६६ ५.११ -८.७६
ग्लोबल आईएमई ३.३० ४.३५ -२४.१३
नेपाल इन्भेष्टमेन्ट मेगा ३.२९ २.७९ १७.७४
प्राइम कमर्सियल २.८७ २.४६ १६.६६
एभरेष्ट  २.६० २.४६ ५.७७
स्ट्यान्डर्ड चार्टर्ड २.४४ २.६१ -६.२४
राष्ट्रिय वाणिज्य २.३७ ३.५७ -३३.६०
एनएमबी २.२४ २.६८ -१६.४४
कृषि विकास २.०५ १.०४ ९७.२२
हिमालयन १.९४ १.७३ १२.०४
एनआईसी एसिया १.९१ ४.०१ -५२.३१
प्रभु १.८१ १.९५ -७.२७
नेपाल एसबीआई १.६८ २.५७ -३४.४६
सिद्धार्थ १.६८ १.४९ १३.०२
लक्ष्मी सनराइज १.६१ १.२६ २७.७०
सानिमा १.४३ १.७१ -१५.९०
सिटिजन्स १.२१ १.२३ -१.९९
कुमारी १.०५ १.३० -१९.१२
माछापुच्छ्रे ०.८५५४ १.३५ -३६.७३
नेपाल ०.१३०५ १.७८ -९२.६८

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .