ad ad

कारोबार


सर्वाधिक नाफा गर्ने पाँच वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल?

सर्वाधिक नाफा गर्ने पाँच वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल?

केशर बोगटी
बैशाख ७, २०८० बिहिबार १७:५, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकसम्ममा नबिल बैंकले सर्वाधिक नाफा गरेको छ। 

त्यसैगरी दोस्रोमा ग्लोबल आईएमई बैंक, तेस्रोमा एनआईसी एसिया, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौँमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। 

नबिल बैंकले ५ अर्ब बढी नाफा गरेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब १ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड नाफा गरेका छन्। 

नबिल बैंक
नबिल बैंकले तेस्रो त्रैमासिकमा ५ अर्ब ११ करोड नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड नाफा गरेको थियो। 

गत वर्षको सोही अवधिको तुलनामा नबिल बैंकको नाफा ५२.६३ प्रतिशत बढेको छ। 

साथै नबिल बैंकको निष्क्रिय कर्जा ३.८७ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा नबिल बैंकको निष्क्रिय कर्जा १.४४ प्रतिशत थियो। खराब कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) समेत बढेको छ। 

बैंकले चैतसम्ममा ३ अर्ब ३३ करोड प्रोभिजन गरेको छ। गत वर्ष सोही अवधिमा नबिल बैंकले ६१ करोड रुपैयाँ प्रोभिजन गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सुधार देखिएको छ। गत वर्ष चैतमा ९१.४७ प्रतिशत रहेको सीडी रेसियो ८७.६८ प्रतिशतमा आएको छ। 

बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ र बुक भ्यालु २०१.०७ रुपैयाँ रहेको छ। 

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड, निक्षेप ३६३ अर्ब र कर्जा लगानी ३२३ अर्ब गरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रुपैयाँ छ। 

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ७२ करोड नाफा गरेको थियो। 

साथै बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशत पुगेको छ। गत वर्ष १.४५ प्रतिशत मात्र थियो। बैंकको खराब कर्जा बढ्दा प्रोभिजन २ अर्ब ७१ करोड पुगेको हो। गत वर्ष सोही अवधिमा बैंकले ४३ करोड प्रोभिजन गरेको थियो। 

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ। बैंकले चैतसम्म ४१२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३६९ अर्ब लगानी गरेको छ। बैंकको वितरणयोग्य नाफा ९६ करोडमा सीमित भएको छ। 

गत वर्ष सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। बैंकको सीडी रेसियो ८८.८३ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १७.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ। 

एनआईसी एसिया बैंक 
एनआईसी एसिया बैंकले ४ अर्ब १ करोड नाफा गरेका छन्।  गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड नाफा गरेको थियो। जुन गत वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत धेरै हो। 

त्यसैगरी बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशत पुगेको छ।  गत वर्ष सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८१ प्रतिशत थियो। 

बैंकको खराब झिनो अंकले बढेदा प्रोभिजन घटेको छ। चैत मसान्तसम्ममा बैंकले २३ करोड प्रोभिजन गरेको छ। 

गत वर्ष सोही अवधिमा बैंकले ५० करोड प्रोभिजन गरेको थियो। बैंकले गत वर्ष गरेको प्रोभिजनको २६ करोड बैंकले ‘राइट ब्याक’ गरेको छ। 

बैंकको सीडी रेसियोमा समेत सुधार आएको छ। चैत मसान्तमा बैंकको सीडी रेसियो ८४.८५ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड, निक्षेप ३१७ अर्ब र लगानी लगानी २८५ अर्ब रुपैयाँ रहेको छ। साथै बैंकको प्रतिसेयर आम्दानी ४६.७६ र प्रतिसेयर आम्दानी २४८.८८ प्रतिशत रहेको छ। 

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा २ अर्ब ६१ करोड नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ३६.६९ प्रतिशतले बढेको छ। साथै बैंकको निष्क्रिय कर्जा ३.८८ प्रतिशत पुगेको छ। 

गत वर्ष सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ३.०७ प्रतिशत थियो। निष्क्रिय कर्जा बढ्दा बढेको छ। चैत मसान्तमा बैंकको प्रोभिजन १ अर्ब ३१ करोड पुगेको छ। 

गत वर्ष यसै अवधिमा बैंकले ३८ करोड प्राभिजन छुट्याएको थियो। बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ। बैंकले चैतसम्म ३०२ अर्ब निक्षेप संकलन गरी २५५ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीडी रेसियो ८० प्रतिशत तल आएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आवको तेस्रो त्रैमासमा ३ अर्ब ४ करोड नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड नाफा गरेको थियो। 

चैतसम्ममा बैंकको निष्क्रिय कर्जा ३.९४ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकका् खराब कर्जा २.२० प्रतिशत थियो। बैंकको खराब कर्जा उल्लेख्य मात्रामा बढ्दा कर्जा व्यवस्था समेत बढेको छ। बैंकको प्रोभिजनबापत ७० करोड रहेको छ। 

गत वर्ष सोही अवधिमा बैंकले ३ करोड प्राभिजन गरेको थियो। 

साथै बैंकको सीडी रेसियो ८७.०५ प्रतिशत छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ। चैतसम्ममा बैंकले ३४९ अर्ब निक्षेप संकलन गरी ३११ अर्ब लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी १५.२० पैसा र प्रतिसेयर नेटवर्थ १६६.८८ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .