ad ad

कारोबार


७ दिनमा मानिसहरुले बैंकमा राखे साढे ७ अर्ब, तरलता सहज हुँदै

७ दिनमा मानिसहरुले बैंकमा राखे साढे ७ अर्ब, तरलता सहज हुँदै

नेपालखबर
भदौ २७, २०७९ सोमबार १७:१५, काठमाडौँ

बैंकमा तरलता केही सहज हुँदै गइरहेको छ। बैंकहरुमा निक्षेप बढेको हो। 

भदौ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ।

पछिल्लो एक सातामा ७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप बढेको हो। संघका अनुसार भदौ १७ गतेसम्म निक्षेप ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ थियो।

भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ।  १७ गते सम्म बैंकहरुले ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा  ६ अर्ब ८६ करोड रुपैयाँ विस्तार गर्दै भदौ २४ गतेसम्म कुल ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन भएको हो। 

गत आर्थिक वर्षमा कस्तो थियो कर्जाको अवस्था
गत आर्थिक वर्ष अर्थात् असार मसान्त समममा  बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ। 

अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरुको २९.८ प्रतिशतले बढेको छ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। 

२०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८÷७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ।

गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४।३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .