ad ad

कारोबार


एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर

नेपालमा साना तथा मझौला व्यवसायमा कर्जा लगानी हुने
एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर

नेपालखबर
साउन २६, २०७९ बिहिबार १६:५९, काठमाडौँ

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ। 

एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सनिल के सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको हो। 

यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने एनएमबी बैंकले जनाएको छ। एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैक भएको छ। 

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड-१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .