कारोबार


हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने तयारी, उद्योगमन्त्री यादवले गरिन् निरीक्षण

हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने तयारी, उद्योगमन्त्री यादवले गरिन् निरीक्षण

सुनिता विष्ट
जेठ ९, २०८३ शनिबार १५:१४, हेटौंडा

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सरकारले तयारी अगाडि बढाएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्दै उद्योग फेरि सञ्चालनका लागि सरकार गम्भीर रहेको बताएकी छन्। स्थलगत निरीक्षणपछि मन्त्री यादवले बन्द तथा रुग्ण उद्योग पुनर्जीवन गर्ने सरकारी योजनाअन्तर्गत हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको बताइन्। 

उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक अध्ययन, संरचना मर्मत तथा लगानीको मोडालिटीबारे मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। निरीक्षणका क्रममा उद्योगभित्र रहेका मेसिन, भवन तथा अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिइएको छ। 

लामो समयदेखि प्रयोगविहीन हुँदा अधिकांश संरचना जीर्ण बनेका छन्। सरकारले उद्योग सञ्चालनका लागि आवश्यक सुधार तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।

एक समय देशकै ठूलो सरकारी उद्योगका रूपमा परिचित हेटौँडा कपडा उद्योगले हजारौँलाई रोजगारी दिएको थियो। उद्योग सञ्चालनमा रहँदा करिब एक हजार दुई सय श्रमिक प्रत्यक्ष रूपमा कार्यरत थिए। 

हेटौँडामा उत्पादित कपडा सर्वसाधारणसँगै नेपाली सेनाले समेत प्रयोग गर्ने गरेको थियो। २०३२ सालमा स्थापना प्रक्रिया सुरु भएको उद्योगले २०३५ सालदेखि उत्पादन थालेको थियो। तर राजनीतिक हस्तक्षेप, व्यवस्थापन कमजोरीले लगातार घाटामा गएपछि २०५७ सालमा उद्योग बन्द गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad