कारोबार


‘युथ फर रोड सेफ्टी’सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला

‘युथ फर रोड सेफ्टी’सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला

नेपालखबर
पुस २८, २०८२ सोमबार १२:७, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा युथ फर रोड सेफ्टी इन नेपालको आयोजनामा “भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी अन्तर्गत युवा लक्षित सडक सुरक्षाका लागि क्षमता अभिवृद्धि कार्यशाला मनमोहन स्मृति पोलिटेक्निक मोरङमा सफलतापूर्वक सम्पन्न भएको छ।

मनमोहन स्मृति पोलिटेक्निक र नासा फाउण्डेसनसँगको सहकार्य तथा एफआईए फाउन्डेसनको सहयोगमा आयोजना गरिएको सो कार्यक्रमा मुख्यतः कोशी र मधेश प्रदेशका ११५ भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।

कार्यशालाको सहजीकरण तथा संयोजन गर्दै भोइस अफ युथ फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी अभियानका संयोजक सुवास भट्टराईले नेपालमा विद्यमान सडक सुरक्षाको अवस्था, सुरक्षित तथा दिगो यातायातका  लागि स्थानीय सरकार, सरोकारवाला निकाय, शैक्षिक संस्था तथा युवा वर्गको भूमिकाको बारेमा प्रकाश पारे। नेपाल प्रहरीका सहायक निरीक्षक श्री अशोक कार्कीले शिक्षा, अनुशासन र सही व्यवहारमार्फत जिम्मेवार नागरिक बन्ने विषयमा युवालाई उत्प्रेरित गर्दै, सडक सुरक्षालाई नागरिक कर्तव्यको अभिन्न अङ्गका रूपमा व्याख्या गरे।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका सहायक निरीक्षक मनमोहन पौडेलले पैदलयात्री, सवारी चालक तथा सवारीसाधनले अपनाउनुपर्ने सुरक्षात्मक उपायहरूबारे व्यावहारिक जानकारी दिए। युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले दुर्घटनाका प्रमुख कारण तथा सुरक्षित रहने उपायहरू, सुरक्षित हेल्मेट, सेफ राइडिङ तथा युवालाई सडक सुरक्षाका गतिविधिमा कसरी प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिए।

ट्राफिक प्रहरी, सडक सुरक्षा विज्ञ, शिक्षक, युवा तथा विद्यार्थीहरू उपस्थित रहेको उक्त कायक्रममा सडक सुरक्षामा सरकारी निकाय तथा युवावर्गको भूमिका सम्बन्धी छलफल गरिएको थियो भने कोशी र मधेस प्रदेशमा सडक सुरक्षाबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न रोड सेफ्टी टिम समेत गठन गरिएको थियो।

कार्यक्रमको समापन गर्दै मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीले सडक सुरक्षामा थप सुधार ल्याउन युवा तथा शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका हुने र आगामी दिनमा सडक सुरक्षा सम्बन्धि कार्यक्रमलाई अझ विस्तार गर्दै जाने प्रतिवद्वता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरुलाई पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारी, कोशी प्रदेश अटोमोबाइल्स एसोसिएसनका कोषाध्यक्ष विकल्प पौडेल तथा पोलिटेक्निकको प्रशिक्षण विभागका संयोजक इन्जिनियर लोचनराज न्यौपानेलगायतले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad