सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा न्यु टाटा सफारी सार्वजनिक गरेको छ।
टाटाको एक मात्र अधिकृत बिक्रेता सिप्रदीले शोमा तीन भेरियन्टमा सफारी सार्वजनिक गरेको हो।
यसको सुरुवाती मूल्य नै १ करोड २१ लाख ९९ हजार रुपैयाँ छ।
बीएस६ डिजल इन्जिनमा आएको गाडी १९५६ सीसीको रहेको छ। इनलाइन ४ सिलिन्डरको यो गाडीको अधिकतम पावर १२५ किलोवाट र ३५० एनएम टर्क छ।
गाडीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। सफारी ६ स्पिड ट्रान्समिसन अटोमेटिक/म्यानुअल दुवै अप्सनको गाडी हो।
तस्बिरहरू (सरोज नेपाल)







414
Shares

प्रतिक्रिया