नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताए। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए।
‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान छ, कुनै पार्टीको बहुमत आउँदैन, त्यस्तो किसिमको अवस्था छ,’ देउवाले भने, ‘सबै पार्टीसँग मिलेर हिँड्नुपर्ने आवश्यकता छ। बाध्यता पनि भने हुन्छ। त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ। सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था छ। वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ। समावेशी संविधान बनेको छ। महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार छ।’
सभापति देउवाले सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको उल्लेख गरे।
Shares

प्रतिक्रिया