नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्।
यी ब्रान्डका विभिन्न मोडलहरुबारे एक्स्पोका स्टलबाटै जानकारी लिन सकिन्छ। यही मौकामा कम्पनीहरुले ग्राहक तान्न थरिथरि नगद छुटका अफर ल्याएका छन्।
भृकुटीमण्डपमा चलिरहेको एक्स्पोमा लिपमोटर पनि सहभागी छ। नगद छुटको मामिलामा एक्स्पोमा सहभागी ब्रान्डमध्ये शीर्ष स्थानमा छ– लिप मोटर। एक्स्पमा लिपमोटरले आफ्नो ईभीमा ७ लाख रुपैयाँसम्म नगद छुट दिइरहेको छ।
नेपालका लागि लिप मोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्स रहेको छ। नाइमामा लिप मोटरका तीन मोडल टी०३, बी१० र सी१० प्रदर्शनमा राखिएका छन्।
भिडिओ
नाइमाको अवसरमा बी१० नेपाली बजारमा सार्वजनिक गरिएको छ। बी १० दुई भेरियन्ट लाइफ र डिजाइनमा उपलब्ध छ।
दुवै भेरियन्टले १६० किलोवाट पावर प्रदान गर्छ। ५६.२ किलोवाट आवर ब्याट्रीमा उपलब्ध लाइफले ५१० किलोमिटर सीएलटीसी रेन्ज दिन्छ।
६७.१ किलोवाट आवर ब्याट्रीमा उपलब्ध डिजाइनले ६०० किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ।
लाइफ ५ लाख रुपैयाँ र डिजाइन तीन लाख रुपैयाँ नगद छुटमा बिक्रीमा राखिएको छ। नाइमा विशेष अफर अन्र्गत लाइफको मूल्य ४९.९९ लाख रुपैयाँ र डिजाइनको मूल्य ५६.९९ लाख रुपैयाँ तोकिएको छ।
१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको इभीको अधिकतम टर्क २४० एमएम छ।
अल इलेक्ट्रिक प्रिमियम एसयूभी सी१० ७ लाख रुपैयाँ छुटमा उपलब्ध छ। नाइमा विशेष अफर अन्तर्गत सी१० ६४.९९ लाख रुपैयाँमा बिक्रीमा छ। यसमा ६९.९ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट आवरको मोटर छ। ३२० एनएम अधिकतम टर्क प्रदान गर्ने इभीको सीएलटीसी रेन्ज ५३० र डब्ल्यूएलटीपी रेन्ज ४२० किलोमिटर छ।
कम्प्याक्ट ईभी टी०३ ६ लाख रुपैयाँ छुटमा उपलब्ध छ। नाइमा यसको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यसमा ३७.३ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट आवरको मोटर छ। १५८ एनएम अधिकतम टर्क प्रदान गर्ने ईभीको डब्ल्यूएलटीपी रेन्ज ३९५ किलोमिटर छ।






प्रतिक्रिया