कारोबार


इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनमा विजेताहरूले पाए पुरस्कार

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनमा विजेताहरूले पाए पुरस्कार

नेपालखबर
साउन १८, २०८२ आइतबार १४:१०, काठमाडौँ

विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ। 

जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता थियो।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरूमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो।

विजेताहरुमध्ये क्याब ड्राइभर श्रेणीमा शुभराज सुनुवारले टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडर श्रेणीमा जित थापाले टीभीएस रेइडर पाएको इन्ड्राइभले जनाएको छ। 

दुवै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो। यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्रमार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको जनाएको छ। यसअनुसार १५ विजेताले वानप्लस नर्ड सीई४ लाइट फाइभजी, ३० विजेताले अल्टिमा एटम १९२ इयरबड र ३० विजेताले अल्टिमा नोभा प्रो स्मार्टवाच पाएका छन्। 

इनड्राइभका साउथ एसियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले कम्पनीका ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार भएको बताए। 
‘यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो’, उनले भने, ‘इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र सवार दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ।’ 

इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गरिन्। 
उनले भनिन, “हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौँ। हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ। हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौँ।”
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad