नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।
‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किमिको वारेन्टी समावेश छ ।
८० प्रतिशत फाइनान्सिङसहित ५५ लाख ९९ हजार रुपैयाँबाट सुरू हुने गाडीहरूको डेलिभरी जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ। जसअनुसार गाडी डेलिभरी गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एक जनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन्। साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्।
नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ। यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो।
यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ । एसपिजि अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ । भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया