गभर्नर बनाउन नहुने भन्दै अर्थविद् विश्व पौडेलविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।
अधिवक्ता विशाल थापालगायतले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए।
पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गरेको हो। तर निवेदकले भने प्रशासनको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिएका छन्।
गभर्नर बनाउन नमिल्ने मागदाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट
1.7k
Shares

प्रतिक्रिया