कारोबार


सार्वजनिक भयो नेपालमै बनेको हुन्डाई क्रेटा, मूल्य ९ लाखसम्मले घट्यो

सार्वजनिक भयो नेपालमै बनेको हुन्डाई क्रेटा, मूल्य ९ लाखसम्मले घट्यो

नेपालखबर
चैत १२, २०८१ मंगलबार १५:३१, काठमाडौँ

हुन्डाईले नेपालमै एसेम्बल भएका क्रेटा गाडीको मूल्य घटाएर सार्वजनिक गरेको छ।

लक्ष्मी ग्रुपले नवलपरासीमा स्थापना गरेको एसेम्बल प्लान्टमा निर्मित गाडीको मूल्य ९ लाखसम्म घटाएर सार्वजनिक गरेको हो। 

सरकारले नेपालमा एसेम्बल हुने गाडीमा ५० प्रतिशत कर छुट दिएको छ। २ पांग्रे साधनमा सरकारले छुट दिए पनि मूल्य नघटेको भन्ने गुनासो भए पनि चारपांग्रे एसेम्बल उत्पादन गरिरहेको लक्ष्मी ग्रुपले सबै गाडी मूल्य घटाएरै सार्वजनिक गरेको छ। 

नेपालमा ५ वटा भेरियन्टमा उत्पादन गरिरहेको लक्ष्मी ग्रुपले ५३ लाख ९६ हजारमै गाडी ल्याएको हो। भारतबाटै आयात भएको  ईएमटीको २०२५ को मूल्य ५७ लाख ९६ हजार रुपैयाँ छ। बेस मोडलमै हुन्डाईले ४ लाख रुपैयाँ घटाएको छ।  

नेपालमा एसेम्बल भएको क्रेटा एस (ओ) एमटीको ६३ लाख ९६ हजार रुपैयाँ छ। भारतबाट आउने मोडलको मुल्य ६९ लाख ९६ हजार छ। यो मोडलमा ६ लाख रुपैयाँ घटेको छ।

क्रेटा एसएक्स एमटीको ६६ हजार ९६ हजार तोकेको कम्पनीले आयातित एसएक्सको ७३ लाख ९६ हजार रुपैयाँ रहेको जनाएको छ। क्रेटा एस (ओ) सीभीटीको मूल्य ६७ लाख ९६ हजारमा झरेको छ। यसअघि ७५ लाख ९६ हजार मूल्यमा हुन्डाईले नेपालमा यसको बिक्री गर्दै आएको थियो।

त्यसैगरी क्रेटा एसएक्स (ओ) सीभीटीको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। भारतमा निर्मित यो गाडी ८७ लाख ९६ हजार रुपैयाँमा बिक्री भैरहेको थियो। टप भेरियन्टमा यसको मूल्य ९ लाख रुपैयाँले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad