कारोबार


सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्‍यो १०० युनिट टाटा एस ईभी

१० लाख बढी किलोमिटर सञ्चालन उत्सव सम्पन्न
सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्‍यो १०० युनिट टाटा एस ईभी

नेपालखबर
फागुन २८, २०८१ बुधबार १३:४, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १०० बढी युनिट बिक्री तथा १० लाख बढी किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको छ।

यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैह्रीधारामा सम्पन्न भयो, जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति थियो।

नेपालका साना तथा मध्यम उद्यम (एमएसएमई) र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस ईभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ।

हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस ईभीलाई काठमाडौँ, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको कम्पनीले जनाएको छ। 

टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा  विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ।

कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले टाटा एस ईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

समारोहमा विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरिएको थियो। यसले टाटा एस ईभीको सफलतालाई थप उजागर गर्यो। साथै, विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभवहरू पनि बाँडे।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले भने, “टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।”

त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले भने, “सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस इभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ, र हामी यस यात्रामा गर्वका साथ सहभागी छौँ।”

शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च, र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस इभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै छ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad