राजनीति


चेकमा गलत रकम लेखेकै आधारमा अनादरको मुद्दा दर्ता गर्न हुँदैन : नारायणकाजी श्रेष्ठ

चेकमा गलत रकम लेखेकै आधारमा अनादरको मुद्दा दर्ता गर्न हुँदैन : नारायणकाजी श्रेष्ठ

नेपालखबर
फागुन २८, २०८१ बुधबार १३:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन्। 

बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताए। गलत भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ। 

‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन। चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ,' उनले भने, 'त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ।’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad