कारोबार


राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडाले पनि स्टल राख्ने, मन्त्रालयसँग छलफल

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडाले पनि स्टल राख्ने, मन्त्रालयसँग छलफल

नेपालखबर
फागुन १९, २०८१ सोमबार १२:४४, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ।

मन्त्रालयले यही फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेकोे र त्यसको पूर्वतयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको नाडाले जनाएको छ। 

उक्त छलफलमा खासगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोाइल क्षेत्रबाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, मन्त्रालयहरुबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रित रहेको थियो। 

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफनो धारणा राखे। सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी)का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफ्ना धारणा राखेका थिए। 

सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनाबारे पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्देश्य राखेर सो सम्मेलन काठमाडौंमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो। 

यसैगरी सो मन्त्रालयले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहनेछ।

उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणि पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति थियो।

यसै सिलसिलामा आजै नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए)बीच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ। सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ । 

गत जनवरीको १७ देखि २२ सम्म भारतको नया दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिभ कम्पोनेन्ट मेनुफेक्चर्स एसोसिएसन एसीएमए, एएसडीसी र एनएडीएबीच त्रिपक्षीय चारबुँदे सझौता समेत सम्पन्न भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad