कारोबार


रोयल इन्फिल्डले ल्यायो ‘क्लासिक ३५० सिग्नल्स एडिसन’, मूल्य कति?

रोयल इन्फिल्डले ल्यायो ‘क्लासिक ३५० सिग्नल्स एडिसन’, मूल्य कति?

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १४:२१, काठमाडौँ

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ। 

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ। यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ। 

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन्। त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिविन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिंगल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्ने कम्पनीको दाबी छ। 

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्री खुला गरिएको छ। नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ।

कम्पनीले बाइककाे मूल्य ५ लाख ५५ हजार रूपैयाँ ताेकेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad